Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वर्षाका कारण नेपाल र हङकङबीको खेल रद्द

    वर्षाका कारण नेपाल र हङकङबीको खेल रद्द

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 462
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ ।

    आइतबार वर्षाको कारण नेपाल र हङकङबीचको खेल रद्द हुन पुगेको हो ।



    नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।



    यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो ।

    त्यसपछि पानी नै रोकिएन र अम्पायरले खेल रद्द गरेको घोषणा गरे । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए ।

    हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

    यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनसँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार