Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिकोणात्मक टी–२० को उपाधिका लागि पीएनजीले नेपालसँग खेल्ने

    त्रिकोणात्मक टी–२० को उपाधिका लागि पीएनजीले नेपालसँग खेल्ने

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 564
    SHARES

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनीबीच भिडन्त हुने भएको छ ।

    भोलि बुधबार बिहान ११ बजेर ४५ मिनेटमा फाइनल खेल हुनेछ। मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।



    त्यसपछि भएको हङकङ र पीएनजीबीचको खेलमा पीएनजीले हङकङमाथि सहज जित निकाल्यो।



    टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा १२० रन मात्र बनाउन सक्यो।

    १२१ रनको लक्ष्य पाएको पीएनजीले १२ दशमलव ४ ओभरमै लक्ष्य भेट्टायो।

    यो जितसँगै पीएनजी भोलि हुने फाइनलमा प्रवेश गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार