Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पपुवा न्युगिनीविरुद्ध नेपालको लज्जास्पद हार

    पपुवा न्युगिनीविरुद्ध नेपालको लज्जास्पद हार

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 582
    SHARES

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ।

    नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।



    पपुवा न्युगिनीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

    नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो। ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।

    यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए। यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके।

    नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए। विवेक यादवले १ रन मात्र जोड्न सके। यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए।

    लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे। प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार