Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सेयर बजारमा झण्डै २८ अंकको गिरावट

    सेयर बजारमा झण्डै २८ अंकको गिरावट

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ ।

    बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको हो ।



    केही दिनयता लगातार बढ्दै गएको नेप्से सूचकमा बुधबार २ अंकले गिरावट आएको थियो ।



    आज बिहीबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

    सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने अरु बाँकी १२ वटा उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

    आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको मूल्य बढेको छ भने ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    २७ अंकमाथिले नेप्से सूचक घटेको यसदिन ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार