Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जंगलको डढेलो बस्तीमा पस्दा ८ घर जलेर नष्ट

    जंगलको डढेलो बस्तीमा पस्दा ८ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 900
    SHARES

    भोजपुर । आगलागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासीका घर जलेका हुन् ।

    शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।



    घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



    मानवीय क्षति नभए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार