Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चिउरा मिलमा आगलागी हुँदा डेढ करोडको नोक्सान

    चिउरा मिलमा आगलागी हुँदा डेढ करोडको नोक्सान

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको पथरी शनिश्चरे-१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ ।

    राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न सखाप भएको हो ।



    मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।



    आगो निभाउन पथरी शनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार