Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीडीओ कार्यालयहरुलाई गृहको निर्देशन – मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना गर्नू

    सीडीओ कार्यालयहरुलाई गृहको निर्देशन – मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 306
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

    त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो ।



    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ ।



    साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

    मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार