Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘मुर्गा तरसाइ, फेकु नेता’ भन्दै दुर्गा प्रसाईंविरुद्ध निकालियो र्‍याली

    ‘मुर्गा तरसाइ, फेकु नेता’ भन्दै दुर्गा प्रसाईंविरुद्ध निकालियो र्‍याली

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 600
    SHARES

    विराटनगर । विराटनगरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई व्यंग्य गर्दै र्‍याली निकालिएको छ ।

    होली पर्वको पूर्वसन्ध्यामा मारवाडी युवा मञ्च विराटनगरले शुक्रवार साँझ प्रसाईंलाई व्यंग्य गर्दै र्‍याली निकालेका हुन् ।



    युवाहरूले प्ले कार्डमा प्रसाईंलाई व्यंग्य गर्दै मुर्गा तरसाइदेखि फेकु नेतासम्म लेखेका छन् ।



    उनीहरूका छेउमा प्रसाईंकै शैलीमा सुरक्षा गार्डसमेत राखिएको देख्न सकिन्छ । सुरक्षा गार्डको नाम भने ‘हावा गार्ड’ लेखिएको छ ।

    उनीहरूलाई हतियारसमेत बोकाइएको देख्न सकिन्छ । पछिल्लो समय प्रसाईं मारवाडी समुदायका व्यवसायीमाथि आक्रामण अभिव्यक्ति दिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार