Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाखमा बिहे गर्दै

    विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाखमा बिहे गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 696
    SHARES

    काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

    अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।



    दुई महिना अगाडि मात्रै एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो ।



    उनीहरूको ‘ब्रेक अप’ को खबर सार्वजनिक भएपछि एलिनाले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् ।

    त्यसमा उनले ब्रेकअपको स्वीकारोक्ति गरे पनि आफ्नो इच्छाबिना र सही समयको पर्खाइबिना समाचार लेखिएको गुनासो गरेकी थिइन् ।

    दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्।

    झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

    उनले वैशाख ५ मा विवाह गर्ने भन्दै एउटा बुटिकमा लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार