Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १० अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    १० अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 267
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार केही सुधार देखिएको छ ।

    कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १०.१४ अंकले बढेर बन्द भएको हो ।



    नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा अडिएको छ। यसदिन ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँमा खरिदबिक्री भए।



    अघिल्लो दिन सोमबार २ अर्ब ४८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबा भयो।

    डोल्टी पावर र सर्वोत्तम सिमेन्टको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। वीन नेपाल लघुवित्त वित्तीयको ९.४३ प्रतिशतले बढ्दा पिपुल्स पावरको ७.७३,थ्री स्टर हाइड्रोपावरको ६.७६ प्रतिशतले बढ्यो।

    सोनापुरको ८ करोड,जोशी हाइड्रोपावरको ८ करोड २९ लाख,गुराँस फाइनान्स ८करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार