Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रास्वपाले स्पष्टीकरण सोधेपछि पूर्वडीआइजी खरेलले बुझाए राजीनामा

    रास्वपाले स्पष्टीकरण सोधेपछि पूर्वडीआइजी खरेलले बुझाए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट राजीनामा दिएका छन् ।

    पूर्वडीआईजी खरेलले बुधबार मात्र पार्टीमा राजीनामा पत्र बुझाएका हुन् ।



    आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए ।



    खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित थिए ।

    चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

    यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार