Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हानेपाबाट बागमती सरकारमा मन्त्री बन्दै बज्राचार्य

    हानेपाबाट बागमती सरकारमा मन्त्री बन्दै बज्राचार्य

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 477
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

    मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।



    अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ । यस अघिको गठबन्धनमा यो मन्त्रालय नेपाली कांग्रेसको भागमा थियो ।



    कांग्रेसको तर्फबाट पुकार महर्जन मन्त्री बनेका थिए ।बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

    २ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार