Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आईपीएल

    रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

    रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या भएको छ ।

    आईपीएलको सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलका क्रममा खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या हो ।



    हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत टिबिले नामक व्यक्तिको हत्या गरिएको हो ।



    बांडुपंत हैदराबादका समर्थक थिए। मुम्बईका समर्थकले उनको हत्या गरेको समाचारमा जनाइएको छ ।

    उक्त खेलमा दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान रोहित शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माद्वारा क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।

    उक्त अप्रिय घटना भारतको कोल्हापुर हनमंतवाडी क्षेत्रमा भएको बताईएको छ । स्थानीय प्रहरीकाअनुसार, बलवंत झांझगे र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर एउटा घरमा मुम्बई र हैदराबादबिचको खेल हेरिरहेका थिए ।

    यी दुवै मुम्बई इन्डियन्सका समर्थक थिए । पहिले ब्याटिङ गरेको हैदराबादले विशाल रन बनाएपछि मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए । रोहित आउट हुनासाथ हैदराबादका समर्थक बांदुपंत पनि खुसीयाली मनाउँदै त्यहाँ पुगे ।

    रोहित शर्मा नै आउट भएपछि मुम्बईको हार निश्चित भयो भन्दै उनी खुसीयाली मनाउँदै थिए । त्यसपछि मुम्बईका आक्रोशित समर्थक बलवंत र सागरले बांदुपंतमाथि अचानक आक्रमण गरे ।

    उनीहरुले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएका थिए । खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

    उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीय प्रहरीले सामान्य विषयलाई लिएर यति ठुलो घटना भएकोमा आफूहरू पनि आश्चर्यचकित भएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार