Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डीएसपी बढुवाको विवादले गृहमन्त्री–आईजीपी सम्बन्धमा खटपट

    डीएसपी बढुवाको विवादले गृहमन्त्री–आईजीपी सम्बन्धमा खटपट

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 9.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका डीएसपीको बढुवामा कमजोरी भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वीकार गरेका छन् । आन्तरिक छलफलमा यस विषयमा गलत भएको टिप्पणी उनको छ । तर, यसको दोष उनले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरमाथि लगाएका छन् ।

    गत बिहीबार भएको बढुवा सिफारिसमा पहिलो नम्बरका डीएसपी प्रदीप कुमार क्षेत्री नै छुटेका थिए । १२ औँ नम्बरका विनोद घिमिरे र नवौँ नम्बरका सन्तोष तामाङलाई बढुवा गर्न यसरी पहिलो नम्बरका क्षेत्री र सातौँ नम्बरका नारायण रंजितकारमाथि अन्याय भएको थियो ।



    यो विषय सोमबार संसदमा समेत उठेको छ । सन्तोष तामाङ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ हुन्। तामाङलाई जसरी पनि वढुवा दिलाउन मानब स्रोत बिभागका  एआईजी टेकप्रसाद राई पनि लागिपरेको प्रहरी स्रोत वताउँछ।



    एआईजी टेकप्रसाद राईले यसअघि बौद्दमा घुससहित पक्राउ परी अदालतबाट सफाइ पाएका डिएसपी श्याम कुमार राईलाई पनि एसपीमा वढुवा गराएका थिए।

    जस कारण गृह मन्त्रालय नेतृत्व र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री लामिछानेले बढुवाको सबै अधिकार आईजीपी कुँवरलाई दिएको दाबी गरेका छन् । बढुवामा गृहको प्रत्यक्ष भूमिका हुँदैन । गृहमन्त्री नेतृत्वको समितिले बढुवा सिफारिस गर्दछ ।

    स्रोतका अनुसार व्यक्तिगत रूपमा गृहमन्त्री लामिछानेले कसैलाई बढुवा गर्न दबाब पनि दिएका थिएनन् । तर, बढुवामा बालुवाटार भने हाबी भएको थियो । सोही कारण पनि १ नम्बरका छुट्दा १२ नम्बरका डीएसपी विनोद घिमिरे बढुवामा परेका हुन् । घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन् ।

    लामिछानेले गृह मन्त्रालय सम्हालेपछि भएको बढुवासम्बन्धी पहिलो निर्णय थियो । जसमा लामिछाने बदनाम भएपछि प्रहरी महानिरीक्षक कुँवरसँग रिसाएका छन् । अब इन्स्पेक्टरबाट डीएसपी बढुवामा झन् ठुलो मारामार सुरु भइसकेको छ । डीएसपीका २० पदमा ९८ इन्स्पेक्टरबीच बढुवाको टक्कर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार