Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ निर्वाचित

    एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।

    मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३४९ मत प्राप्त गरेका हुन्।



    नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो। उपाध्यक्षमा अर्जुन भण्डारी ३४५ मत ल्याएर निर्वाचित भए।



    ४०३ मत ल्याएर कृष्णगोपाल तामाङ सचिवमा निर्वाचित भए। खुला उपसचिवतर्फ शिवहरि सापकोटा निर्वाचित भए। उनले ३६६ मत ल्याए।

    महिला उपसचिवतर्फ सुशीला पाख्रिन ४५६ मत ल्याएर निर्वाचित भइन्। उपाध्यक्ष, सचिव र दुवै उपसचिव नेपाल समूहका निर्वाचित भएका हुन्।

    अधिवेशनमा ७४७ प्रतिनिधि थिए भने १०५ सदस्यीय कमिटी चुनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार