Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज

    टस हारेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

    टस हारेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 408
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    गुजरातले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ ।



    नेपाली टिममा दुई परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरी र करण केसीको स्थानमा विवेक यादव र प्रतिश जिसीले स्थान पाएका छन्।



    जारी त्रिकोणात्मक शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो ।

    नेपालले पहिलो खेलमा गुजरातलाई र दोस्रो खेलमा बरोडालाई हराएको थियो । लिग चरणमा तीनवटै टोलीले एक-अर्कासँग दुईदुई खेल खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार