Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

    नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 366
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो ।



    नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरे। नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुबैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।



    कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौवटा चौका पनि प्रहार गरे । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।

    पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए ।

    उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए । कुशल मल्ल एक रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए ।

    गुलसन झाले चार रन बटुले । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए । नेपालले अतिरिक्त रुपमा आठ रन पायो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई/दुई विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार