Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोलकाताको आईपीएल इतिहासकै दोस्रो उच्च योगफल

    कोलकाताको आईपीएल इतिहासकै दोस्रो उच्च योगफल

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई विशाल लक्ष्य दिएको छ ।

    विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले दिल्लीलाई २७३ रनको विशाल लक्ष्य दिएको हो । उसले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो ।



    यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । तर कीर्तिमान तोड्न कोलकाता चुकेको छ ।



    कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले ।दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार