Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एआइजीको अवकाश नहुँदै बढुवा हुन डिआइजीको दौडधुप, एकेडेमीमा बजेट दुरुपयोग !

    एआइजीको अवकाश नहुँदै बढुवा हुन डिआइजीको दौडधुप, एकेडेमीमा बजेट दुरुपयोग !

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका आगामी सातादेखि अतिरिक्त महानिरीक्षक(एआइजी)का दुई पद रिक्त हुँदैछ । रिक्त पदमा बढुवाका लागि अहिलेदेखि नै डिआइजीहरुको दौडधुप सुरु भइसकेको छ ।

    आगामी ५ बैशाखमा एआइजी सन्दीप भण्डारी र ७ बैशाखमा मिरा चौधरीले अनिवार्य अवकाश पाउँदैछन् । यसरी रिक्त हुने दुई पदमा आठ डिआइजीबीच प्रतिस्पर्धा छ ।



    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरकै ब्याचका डिआइजीहरु एआइजी हुने प्रतिस्पर्धामा छन् । वरियताअनुसार पहिलो नम्बरमा उमेशराज जोशी छन् ।



    उनी पछि १९ असारमा अनिवार्य अवकाशमा जाने भएकाले बढुवामा पर्ने सम्भावना न्यून रहेको बताइन्छ । जोशीपछिका भिमप्रसाद ढकाल प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत रहेकाले उनी बलिया दाबेदार छन् ।

    त्यस्तै, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि बढुवाका दाबेदार हुन् । त्यस्तै, विष्णु केसी र सुरेन्द्र मैनाली पनि आकांक्षी हुन् । मैनालीले १० जेठमा अवकाश पाउने भएकाले उनको पनि सम्भावना न्यून छ ।

    डिआइजी केसी हाल बागमती प्रदेश प्रमुख रहेकाले उनले बढुवामा धेरै चासो राखेका छैनन् । उनको पनि जागिर भदौसम्म मात्र छ ।

    उता, अवकाश नजिकिदै गर्दा एआइजी भण्डारीले भने प्रहरी एकेडेमीमा चिया खर्च समेत कटौती गरेर बजेट दुरुपयोग गर्न थालेको भन्दै त्यहाँ कार्यरत प्रहरीले प्रधान कार्यालयमा मौखिक उजुरी गरेका छन् ।

    यज्ञबिनोद पोखरेल र राजेशराज बास्तोला बढुवाका आकांक्षी भएपनि उनीहरू जुनियर भएकाले बढुवामा पर्ने सम्भावना छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार