Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आगलागी भएको सशस्त्र प्रहरीको गोदाममा पुगे गृहमन्त्री रवि

    आगलागी भएको सशस्त्र प्रहरीको गोदाममा पुगे गृहमन्त्री रवि

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 2.8K
    SHARES

    काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।

    सोमवार साँझ एपीएपको सामान राख्ने (स्टोर रुममा) भएको आगलागीबारे उनले सतुङ्गलनै पुगेर जानकारी लिएका हुन् ।



    साथै उनको निर्देशनअनुसार एआईजीको संयोजकत्वमा छानबिन समिति बनाएर जाँच थालिसकेको बताइएको छ ।



    आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार