Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

    ‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् ।

    निर्माणपक्ष र उनीबिच फिल्मका लागि कागजी सम्झौता भएको हो ।



    रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन् ।



    फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ । फिल्मको छायाङ्कन वैशाखको १५ गतेबाट सुरु हुँदैछ ।

    फिल्म आउँदो वर्षको तिहारमा रिलिज हुनेछ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ ।

    फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार