Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसको पक्षमा माहोल बनाउन इलाम-२ मा खटिए गगन थापा

    कांग्रेसको पक्षमा माहोल बनाउन इलाम-२ मा खटिए गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 420
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम-२ को उपचुनावका लागि खटिएका छन् ।

    वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।



    उनी गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १४४ मतले मात्रै पराजित भएका थिए । त्यसैले अहिले इलाममा आफ्नो पक्षमा माहोल बनाउन कांग्रेसका शीर्ष नेताहरू खटिएका छन् ।



    त्यहाँ कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ। उम्मेदवार चयन गर्नुअघि नै इलामको ग्राउण्ड रिपोर्ट बुझेका शर्मालाई नै अहिले खड्कालाई जिताउने जिम्मेवारी दिएर पठाएको छ ।

    खड्काको पक्षमा माहोल बनाउनको लागि अहिले अर्का महामन्त्री थापा पनि इलाम पुगेका छन् । शर्मालाई साथ दिनको लागि गगन इलाम पुगेको बताइन्छ ।

    महामन्त्री थापा अहिले चुनावी अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार