Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विना जानकारी विदेश नजान सांसदहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

    विना जानकारी विदेश नजान सांसदहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 312
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् ।

    सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । उनले सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिए ।



    उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए ।



    अध्यक्ष ओलीले भने,‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ । आफैँले गल्ती गरेपछि आफै सावधान रहनु ।’

    उनले त्यसबाट जोगिनका लागि पार्टीसँग परामर्श गर्नुपर्ने भन्दै उनले जान नहुने परिस्थिति र कार्यक्रममा नजान भनेर पार्टीले भन्न सक्ने बताए ।

    अध्यक्ष ओलीले ठगहरूबाट जोगिनुपर्ने भन्दै माननीय नै ठगिएको भन्ने समाचार राम्रो नहुने पनि बताए ।

    अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार