Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मैदानमा हिलो भएपछि नेपाल र साउदीबीचको टसमा ढिलाइ

    मैदानमा हिलो भएपछि नेपाल र साउदीबीचको टसमा ढिलाइ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 240
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेलको मैदान हिलो भएपछि टसमा ढिलाइ भएको छ।

    ओमानको अल अमिरत क्रिकेट स्टेडियममा ११: ४५ बजे हुने खेलको टसमा ढिलाइ भएको हो। गए रातिको वर्षाका कारण मैदान भिजेको थियो।



    नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।



    समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

    समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।

    १० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

    अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ। अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार