Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एआईजीको बढुवासँगै सरुवाको तयारी

    एआईजीको बढुवासँगै सरुवाको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एआईजीको बढुवासँगै केहीको जिम्मेवारी हेरफेरबारे छलफल सुरु भएको छ । मंगलबार बढुवा समितिले डीआईजीद्वय उमेशराज जोशी र भिम प्रसाद ढकालको बढुवा सिफारिस गरेको थियो ।

    उनीहरुको पदस्थापनसँगै आगामी साता केही एआईजीको सरुवा समेत गर्न लागिएको उच्च स्रोत बताउँछ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन हुने सम्भावना छ ।



    हाल एआईजी दिपक थापा उपत्यका प्रहरी कार्यालयको प्रमुख छन् । उनको करिब नौ महिना अवधि भइसकेको छ । उपत्यकामा आउन टेकप्रसाद राई, सुदीप गिरी लगायत एआइजीले लबिङ गरिरहेका छन् ।



    एआईजी सन्दीप भण्डारीले बिहीबारदेखि अवकाश पाइसकेका छन् भने शुक्रबारदेखि प्रशासन विभागकी एआईजी मिरा चौधरीले अवकाश पाउँदैछिन् । दुवै कार्यालयमा हालै बढुवा भएकालाई भन्दा पुराना एआईजीलाई जिम्मा दिनुपर्नेबारे छलफल थालिएको हो ।

    जसअनुसार टेकप्रसाद तामाङ र सुदीप गिरीको जिम्मेवारी हेरफेर हुने सम्भावना छ । गिरी कुनै काम नभएको सीमा समन्वय विभागमा एक वर्षदेखि कार्यरत रहेकाले उनले सरुवाको माग गरेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा एक महिनाअघि मात्र एआईजी श्यामलाल ज्ञवालीलाई पठाइएको थियो । कार्य विभागकी एआईजी किरण बज्राचार्यमाथि कारबाहीको प्रक्रिया चलिरहेकाले उनले महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छैन ।

    एआईजीको बढुवा र पदस्थापनसँगै डीआईजी बढुवाको पनि तयारी भइरहेको छ । आगामी साता डीआईजीका तीन पद रिक्त हुँदैछन् । जसमा ज्येष्ठताको वरियताका आधारमा कृष्णहरी शर्मा पोखरेल, भोला रावल र धुव्र राउत छन् ।

    उनीहरू कार्यसम्पादमा कमजोर भएपनि ज्येष्ठता मिच्दा यसअघि गृहमन्त्री रवि लामिछाने विवादमा परेकाले नयाँ ब्याचबाट बढुवा गरेर थप आलोचना खेप्ने पक्षमा उनी छैनन् ।

    यद्यपी सिनियर टोलीका कार्यसम्पादमा कमजोर छन् । १११ ब्याचको नयाँ टोलीका एसएसपीहरु भावी आइजिपीका दाबेदार हुने भएकाले पनि बढुवामा चर्को प्रतिस्धर्पा छ । जसकारण तीन सिटमा बढुवा गर्न समस्या हुने अवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार