Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘कौन बनेगा करोडपति’को प्रोमो सार्वजनिक

    ‘कौन बनेगा करोडपति’को प्रोमो सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 267
    SHARES

    एजेन्सी । भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’मार्फत अमिताभ बच्चनको पुनरागमन हुने भएको छ ।

    यो भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १६ औं सिजनको घोषणा भएको हो।



    ‘कौन बनेगा करोडपति १६’ को लागि दर्ता सुरु भएको छ र निर्माताले प्रोमो सार्वजनिक गरेका छन् । प्रसारण मिति खुलाइएको छैन, तर दर्ता सुरु भएको छ ।



    गत सिजनमा बच्चनले आफू भोलिदेखि नआउने कुरा आफ्ना प्रियजनलाई भन्न सक्ने हिम्मत र इच्छा नभएको भन्दै शो अन्त्य गरेका थिए ।

    यति भन्दै उनी भावुक भएका थिए र दर्शक पनि रुन थाले । तर अहिले अमिताभ नयाँ सुरुवातसँगै आउने पक्का भएको छ। ‘कौन बनेगा करोडपति १६’ सोनी टिभीमा प्रसारण हुनेछ ।

    नयाँ सिजनको पहिलो प्रोमो शोको इन्स्टाग्राम पृष्ठमा सेयर गरिएको छ । प्रोमो अघिल्लो सिजन अर्थात् ‘कौन बनेगा करोडपति १५’ समाप्त भएको ठाउँबाट सुरु हुन्छ ।

    बिग बीले ‘कौन बनेगा करोडपति १६’ लाई पूर्ण उत्साहका साथ ल्याउने घोषणा गरेका छन् । यो नयाँ शोको २६ अप्रिलदेखि दर्ता प्रक्रिया सुरु हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार