Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीसँग पार्टी एकताको विपक्षमा उभिए झलनाथ, कुबेलाको बाजा बजाउनतिर नलाग्न सुझाव

माओवादीसँग पार्टी एकताको विपक्षमा उभिए झलनाथ, कुबेलाको बाजा बजाउनतिर नलाग्न सुझाव

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्न लागेका बेला सम्मानित नेता झलनाथ खनाल भने पार्टी एकताको विपक्षमा उभिएका छन् ।

समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन्।

जेनजी आन्दोलनमा जिउँदै जलेकी श्रीमती रविलक्ष्मीको उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले आइतबार एक वक्तव्य जारी गर्दै कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन्।

खनालले पार्टीको सचिवालय बैठकमा पठाएको वक्तव्यमा भनिएको छ- 'यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं ।

ठिक बेठिक के ग¥यौ, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ । सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं । एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सहि मार्ग यहि हो । कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ ।'

यस्तो बेला एकिकरण गर्ने प्रयास गर्नु भनेको पार्टीलाई भड्खालोमा हाल्नु हो भन्दै उनले पार्टी बलियो बनाउन आह्वान समेत गरेका छन् ।

खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप समेत लगाएका छन् ।

त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

पुरा वक्तव्य हेर्नुहोस्

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077