Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद् विघटन असंवैधानिक भन्दै एमाले अदालत जाने

संसद् विघटन असंवैधानिक भन्दै एमाले अदालत जाने

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेकपा एमालेले हालै भएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने निर्णय गरेको छ ।

भक्तपुरको गुण्डुमा आइतबार बसेको पार्टी सचिवालय बैठकले अदालत खुल्नेबित्तिकै संविधानिक व्याख्यासहित संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद् विघटन कुनै पनि हालतमा संविधानअनुकूल नभएको दाबी गर्दै त्यसको न्यायिक समाधानको बाटो अपनाउने निर्णय भएको जानकारी दिए ।

‘अहिलेका कुनै पनि राजनीतिक गतिविधि चुनावमुखी छैनन्,’ ज्ञवालीले भने, ‘यो विघटन नै असंवैधानिक भएकाले त्यसको पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो। अदालत खुलोस्, अनि हामी जान्छौं।’

एमालेका शीर्ष नेताहरूले संसद् विघटनपछि उत्पन्न राजनीतिक अवस्थालाई ‘संवैधानिक संकट’ का रूपमा लिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077