Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भन्सार शुल्कको डरले देशहरू ब्रिक्सबाट बाहिरिन बाध्य भएको ट्रम्पको दाबी

भन्सार शुल्कको डरले देशहरू ब्रिक्सबाट बाहिरिन बाध्य भएको ट्रम्पको दाबी

बिहिवार , आश्विन ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले ब्रिक्समा सामेल हुन चाहने देशहरूलाई भन्सार शुल्क लगाउने बताएको र अहिले देशहरू ब्रिक्सबाट बाहिरिन थालेका बताएका हुन् ।

ट्रम्पले ब्रिक्सलाई डलरमाथिको आक्रमण भनेका छन् । अमेरिका भित्रिने सबै उत्पादनहरूमा भन्सार लगाउने बताएसँगै अहिले देशहरूले ब्रिक्सको बारेमा कुरा गर्न पनि छोडिसकेको उनले दाबी गरे ।

अमेरिकाले ब्रिक्सका सदस्य देश भारत र ब्राजिलमाथि ५० प्रतिशत भन्सार कर लगाएको छ ।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो । पछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो ।

गएको वर्ष दक्षिण अफ्रिकामा भएको १५औं सम्मेलनले इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) लाई सदस्यका रूपमा थपेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077