Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज स्वदेश फर्कँदै

एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज स्वदेश फर्कँदै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज स्वदेश फर्कँदैछन्।

गत २४ भदौको जेनजी आन्दोलनका क्रममा घरमा आगलागी हुँदा घाइते भएकी पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका उनी समेबार साँझ ६ बजे काठमाडौं फर्कन लागेका हुन्।

नेताहरूका अनुसार उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन्।

एकीकृत समाजवादीभित्र विभिन्न विषयमा मतभेद छ। यहीबीच बोलाइएको बैठमा सहभागी हुन खनाल काठमाडौं आउन लागेका हुन्।

केही समयअघि दिल्लीबाटै खनालले वक्तव्य जारी गर्दै पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए । तर माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढेपछि उनी आफैं बैठकमा सहभागी हुने भएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077