Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका झलनाथ भन्छन्- दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन

माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका झलनाथ भन्छन्- दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अझै माओवादीसँग पार्टी एकताको विपक्षमै छन्।

विगतदेखि नै माओवादीसँग भन्दा एमालेतिर नरम देखिँदै आएका उनी अहिले पनि एकताका विपक्षमै उभिएका छन्।

नेता खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने बताएका छन्। बुधबार केन्द्रीय कमिटी बैठक सुरु हुन  अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका  थिए ।

खनालले भने- 'हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छु, अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन ।'

नेता खनालले पार्टी एकता कुनै खेलाँची विषय नभएको तर्कसमेत गरे । बरु अहिले माओवादीसँग कार्यगत एकता गर्नुपर्ने धारणा उनले राखे।

कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको उनको भनाइ छ।

अध्यक्ष माधव नेपालसहितका संस्थापन पक्षका नेताहरू तत्काल नै माओवादीसँग एकता गर्नुपर्नेमा पक्षमा रहँदा खनालसहित महासचिव घनश्याम भुसाललगायतका नेताहरू त्यसको विक्षमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077