Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाजा युद्धविराम सम्झौतामा अमेरिकी भूमिकाको प्रशंसा, चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्पलाई धन्यवाद

गाजा युद्धविराम सम्झौतामा अमेरिकी भूमिकाको प्रशंसा, चिनियाँ राष्ट्रपतिद्वारा ट्रम्पलाई धन्यवाद

बिहिवार , कार्तिक १३, २०८२

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले गाजा युद्धविराम सम्झौता सम्भव बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।

दक्षिण कोरियामा बिहीबार दुई नेताबीच भएको भेटवार्तामा राष्ट्रपति सीले गाजा क्षेत्रमा युद्धविराम सम्झौता निष्कर्षमा पुर्‍याउन ट्रम्पको “महान् योगदान” रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

राष्ट्रपति सीले मलेसियाको भ्रमणका क्रममा ट्रम्पले कम्बोडिया र थाइल्याण्ड सीमामा शान्ति सम्बन्धी संयुक्त घोषणापत्रमा योगदान दिएको प्रसङ्ग पनि स्मरण गरेका छन् ।

ʻमलेसियाको भ्रमणको क्रममा तपाईंले कम्बोडिया र थाइल्याण्ड सीमामा शान्ति सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको देख्नुभयो। यसमा तपाईंले योगदान दिनुभएको थियो,ʻसीले ट्रम्पलाई भने, ʻचीनले पनि हाम्रो आफ्नै तरिकाले सीमा विवाद व्यवस्थापन गर्न मद्दत गरिरहेको छ।ʼ

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077