Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत: झलनाथ पुगे माओवादीसहित ९ दलसँगको एकता सम्मेलनमा

अन्तत: झलनाथ पुगे माओवादीसहित ९ दलसँगको एकता सम्मेलनमा

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादीसहित ९ दलसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् ।

उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए ।
तर, ओलीले एकतामा जाने पक्षमा नरहेको बताएका थिए ।

त्यसपछि आज मात्रै खनाल, महासचिव धनश्याम भुसालसँग माओवादी केन्द्रका संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ ले निवासमै बोलाएर प्रचण्डले छलफल गरेका थिए।

अन्तत: एकतामा नजाने बताएका खनाल प्रचण्ड-माधवसहितको एकतामै सहभागी हुन पुगेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077