Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बीबीसीविरुद्ध मुद्दा हाल्ने ट्रम्पको घोषणा

बीबीसीविरुद्ध मुद्दा हाल्ने ट्रम्पको घोषणा

शनिवार , कार्तिक २९, २०८२

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा सम्पादन विषयमा माफी मागे पनि कानुनी प्रक्रियामा जाने बताएका छन्।

शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरुद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताए।

यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने उनको तयारी रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

शुक्रबार बीबीसीले विज्ञप्ति जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट)बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो । बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रस्टीकरण दिएका थियो ।

यसै साताको सुरुआतमा ट्रम्पका कानुन व्यवसायीहरुले बीबीसीले माफी मागेर मुआब्जा नदिए एक अर्ब डलरबराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि गत साता बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077