Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता

ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता

शनिवार , मंसिर ६, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । न्यूयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काको आलोचना गरेका थिए ।

ट्रम्पले मेयरको चुनावअघि मतदातालाई ममदानीलाई मतदान नगर्न आग्रह समेत गरेका थिए भने ममदानी विजयी भएमा न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने सम्मको चेतावनी दिनुभएको थियो ।

तर ३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट ममदानीले मेयरमा निर्वाचित भएसँगै उनको विश्वभर चर्चा भएको थियो ।

ह्वाइट हाउसको बैठकपछि राष्ट्रपति ट्रम्पले ममदानीको प्रशंसा गरे । पछिल्लो भेटपछि राष्ट्रपति ट्रम्पले आफूले सोचेभन्दा धेरै कुरामा सहमत बनेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077