Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रम्पको असन्तुष्टि - युक्रेनको नेतृत्वले अमेरिकाप्रति कृतज्ञता देखाएन

ट्रम्पको असन्तुष्टि - युक्रेनको नेतृत्वले अमेरिकाप्रति कृतज्ञता देखाएन

सोमवार , मंसिर ८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै उनले युक्रेनले अमेरिकी सहयोगप्रति कृतज्ञता नदेखाएको दाबी गरेका हुन् ।

ट्रम्पले लेखे, 'युक्रेनको नेतृत्वले हाम्रो प्रयासप्रति बिल्कुलै धन्यवाद भनेको छैन, र युरोप अझै रुसबाट तेल किन्दैछ।' उनका अनुसार अमेरिकाले ठूलो सहयोग गरिरहँदा युरोपेली मुलुकहरू र युक्रेनबाट अपेक्षित समर्थन वा आभार व्यक्त गरिएको छैन।

ट्रम्पले उक्त पोस्टमा थप लेखेका छन्, 'मलाई यस्तो युद्ध विरासतमा मिल्यो, जुन कहिल्यै हुनै नपर्ने युद्ध थियो । यो युद्ध सबैका लागि क्षतिको कारण बनिरहेको छ, विशेषतः ती लाखौँ मानिसका लागि जसको ज्यान अनावश्यक रूपमा गइरहेको छ ।'

उनले रुस–युक्रेन युद्धलाई ‘पूर्ण रूपमा रोक्न सकिने अवस्था रहेको’ जनाउँदै, वर्तमान नेतृत्वले संकट समाधानको उचित क्षमता देखाउन नसकेको आरोप समेत लगाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077