Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको योजनामाथि अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइ हुने

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको योजनामाथि अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइ हुने

शनिवार , मंसिर २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजनासँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा पुगेको छ ।

संवैधानिक रूपमा अत्यन्तै संवेदनशील मानिने यो विषयमा सर्वोच्च अदालतले हिजो सुनुवाइ गर्न सहमति जनाएको अल जजिराले उल्लेख गरेको छ ।

अदालतले अझै सुनुवाइको मिति तोकेको छैन, तर आउँदो वर्षको शुरूतिर बहस प्रारम्भ हुने र जून महिनासम्ममा निर्णय आउने अनुमान गरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन, जनवरी २० मा, एक कार्यकारी आदेश जारी गर्दै अवैधानिक रूपमा अमेरिकामा रहेका व्यक्तिहरू वा अस्थायी भिसामा रहेका अभिभावकका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिइने व्यवस्था घोषणा गगरेका थिए ।

तर संघीय अदालतहरूले लगातार यो आदेशलाई असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077