Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार

डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार

शनिवार , मंसिर २०, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार राति २०२६ को विश्वकपको समुह चरणको वाशिंटन डिसीस्थित केनेडी सेन्टरमा आयोजित ड्रको समारोहमा राष्ट्रपति ट्रम्पलाई फिफाको नयाँ ‘शान्ति पुरस्कार’ प्रदान गरिएको हो ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। उनले धेरै युद्ध रोकेको भन्दै आफू यसको हकदार भएको बताएका छन्।

यो नयाँ फिफा पुरस्कारका लागि ट्रम्पलाई पहिले नै सबैभन्दा बलियो दाबेदार मानिन्थ्यो। समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध छ।

इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउने प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार पाउनु पर्ने भनेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077