एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट अमेरिकाले एउटा तेल ट्यांकर कब्जा गरेको दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले सो दाबी गरेका हुन् ।
ट्रम्पले भने, “हामीले भर्खरै भेनेजुएलाको तटमा एउटा ठूलो ट्यांकर कब्जा गरेका छौं । वास्तवमा अहिलेसम्म कब्जा गरिएकामध्ये सबैभन्दा ठूलो ।”
महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक संजाल एक्समा एक भिडियो पोस्ट गरिन्, जसमा अमेरिकी सेना ट्यांकरमा चढेको जस्तो देखिन्थ्यो ।
यो घोषणाले ट्रम्प प्रशासन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनबीचको पछिल्लो तनावलाई संकेत गर्ने बताइएको छ ।