Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाटोसँगको वार्तापछि ट्रम्प व्याक, युरोपेली देशहरूमाथि लगाउने भन्सार कर स्थगित

नाटोसँगको वार्तापछि ट्रम्प व्याक, युरोपेली देशहरूमाथि लगाउने भन्सार कर स्थगित

बिहिवार , माघ ८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन् । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यो सहमति कार्यान्वयनमा आएमा अमेरिकाका लागि मात्र नभई सम्पूर्ण नाटो सदस्य देशहरूका लागि लाभदायक हुने बताए । यद्यपि यस विषयमा नाटो महासचिव रुटेबाट औपचारिक पुष्टि आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गरेका थिए ।

डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले नाटोसँगको वार्ता अत्यन्त सकारात्मक भएको उल्लेख गर्दै अमेरिकाको सुरक्षा चासोलाई डेनमार्कले सम्मान गर्ने र समाधान खोज्न तयार रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077