Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्को अमेरिकी नौसैनिक बेडा इरानतर्फ अघि बढ्दैछ : डोनाल्ड ट्रम्प

अर्को अमेरिकी नौसैनिक बेडा इरानतर्फ अघि बढ्दैछ : डोनाल्ड ट्रम्प

बुधवार , माघ १४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको अर्को एक नौसैनिक बेडा इरानतर्फ अघि बढिरहेको दाबी गरेका छन् । साथै उनले इरानले अमेरिकासँग सम्झौता गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

मंगलबार आयोजित एक भाषणमा राष्ट्रपति ट्रम्पले भने, ‘सुन्दर जहाजहरूको अर्को एउटा बेडा इरानतर्फ अघि बढिरहेको छ। अब के हुन्छ, हेर्न बाँकी छ।’

उनले थपे, ‘मलाई आशा छ, उनीहरूले सम्झौता गर्नेछन्।’ ट्रम्पले यसअघि पनि गएको हप्ता एउटा ठूलो अमेरिकी सैन्य बेडा इरानतर्फ परिचालन गरिएको उल्लेख गरेका थिए।

बीबीसी फारसी सेवाका अनुसार अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’ फारसको खाडी क्षेत्रमा पुगिसकेको छ। परमाणु ऊर्जाबाट सञ्चालित यो युद्धपोत अमेरिकाको सबैभन्दा ठूलो तथा अत्याधुनिक विमानवाहक युद्धपोतहरूमध्ये एक मानिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077