Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सबै उद्देश्य पूरा नभएसम्म इरानमाथिको कारबाही जारी रहने ट्रम्पको चेतावनी

सबै उद्देश्य पूरा नभएसम्म इरानमाथिको कारबाही जारी रहने ट्रम्पको चेतावनी

सोमवार , फाल्गुण १८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आफ्ना उद्देश्यहरू प्राप्त नभएसम्म इरानविरुद्धको आक्रमण जारी रहने बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै उनले भने, “सैन्य कारबाहीहरू पूर्ण शक्तिमा जारी छन् । हाम्रा सबै उद्देश्यहरू प्राप्त नभएसम्म जारी रहनेछन् ।”

राष्ट्रपतिले अगाडि भने,'दुःखको कुरा, अझै बढी अमेरिकी हताहत हुने सम्भावना छ, यथार्थ यही हो ।'

ट्रम्पले अमेरिकाले अमेरिकी सैनिकको मृत्युको बदला लिने र इरानी शासनलाई सबैभन्दा कडा प्रहार गर्ने बताएका छन् ।

उनले अमेरिकाले केवल आफ्नो समय र स्थानको सुरक्षा सुनिश्चित गर्न मात्र नभई, आफ्ना छोराछोरी र उनीहरूका सन्ततिका लागि एउटा विशाल अभियान सञ्चालन गरिरहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077