Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानसँग वार्ता नगर्ने ट्रम्पको घोषणा

इरानसँग वार्ता नगर्ने ट्रम्पको घोषणा

मंगलवार , फाल्गुण १९, २०८२

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

अमेरिका–इजरायल आक्रमण सुरु भएपछि मात्रै इरानले वार्ताको प्रस्ताव अघि सारेको दाबी गर्दै ट्रम्पले अहिलेको अवस्थामा संवाद सम्भव नभएको स्पष्ट पारेका हुन् ।

ट्रम्पका अनुसार तनाव चर्किसकेपछि आएको वार्ता प्रस्ताव 'विश्वसनीय र समयानुकूल' नभएको संकेत दिएका छन्। उनले इरानले पहिले आफ्नो गतिविधिमा परिवर्तन देखाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ ।

इरानले विभिन्न खाडी मुलुकमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै प्रतिक्रिया जनाइरहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077