एजेन्सी । रुसले इरानमाथिको अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण नभएको बताएका छन् ।
उनले भने, 'अमेरिकी गुप्तचर निकायले इरानले न त आणविक हतियार विकास गरेको छ न त त्यस्तो कुनै योजना नै बनाएको देखाएको छ। वाशिंगटनको अन्तिम उद्देश्य कसैलाई थाहा छैन ।'