Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी सेना इरान जाने सम्भावना रहेको डोनाल्ड ट्रम्पको खुलासा

अमेरिकी सेना इरान जाने सम्भावना रहेको डोनाल्ड ट्रम्पको खुलासा

सोमवार , फाल्गुण २५, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेना पठाउने सम्भावना रहेको बताएका छन् । 

एबीसी न्युजसँग कुरा गर्दै उनले सबै विकल्प खुला रहेको बताएका हुन् ।  ‘सेना त्यहाँ गएर इरानको युरेनियम जफत गर्न सक्छन्। यो युरेनियम रिएक्टर इन्धन बनाउन प्रयोग गरिन्छ, तर यसलाई आणविक हतियार बनाउन पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

यस्तै ट्रम्पले इरानले नयाँ सर्वोच्च नेता चयन गर्दा अमेरिकाको स्वीकृति लिनपर्ने जिकिर पनि गरेका छन्। 

चेतावनी दिँदै उनले भनेका छन्, ‘यदि कसैले हाम्रो स्वीकृतिबिना खामेनीको स्थानमा सर्वोच्च नेता गर्‍यो भने त्यो लामो समय टिक्दैन।’ इरानमा आफूहरू ‘राम्रो नेता’ छनोट गर्न चाहेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077