Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको सचिवालय बैठक गुण्डुमा, समानुपातिक सूचीबारे छलफल जारी

एमालेको सचिवालय बैठक गुण्डुमा, समानुपातिक सूचीबारे छलफल जारी

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी रहेको छ। 

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फ सांसद सिफारिसका विषयमा छलफल भइरहेको  छ।

साथै बैठकमा पार्टी नेतृत्वले निर्वाचन परिणामको समग्र विश्लेषणसँगै आगामी रणनीतिबारे पनि विचार-विमर्श गरिरहेको बताइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदका लागि क्लस्टरअनुसारको सूची बुझाउन राजनीतिक दलहरूलाई तीन दिनको समय दिएको थियो। सोही अनुसार दलहरूले आयोगमा आइतबारसम्म सूची पेश गर्ने तयारी गरिरहेका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077