Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युएईका तीन बन्दरगाह खाली गर्न इरानको चेतावनी

युएईका तीन बन्दरगाह खाली गर्न इरानको चेतावनी

आइतवार , चैत्र १, २०८२

एजेन्सी । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न भनेको छ ।

अमेरिका र इजरायलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो ।

उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

तेहरानले संयुक्त अरब इमिरेट्सका बन्दरगाह, डक तथा आश्रयस्थल प्रयोग गरेर अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077