Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानसँग युद्ध गर्न नसकेपछि नाटोलाई ट्रम्पको धम्की- गम्भिर परिणाम भोग्नुपर्ला

इरानसँग युद्ध गर्न नसकेपछि नाटोलाई ट्रम्पको धम्की- गम्भिर परिणाम भोग्नुपर्ला

सोमवार , चैत्र २, २०८२

एजेन्सी । इरानसँगको युद्धमा मध्यपूर्वमा रहेका प्रतिरक्षा प्रणालीहरु ध्वस्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला अत्तालिएका छन् । 

राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुज खुल्ला गर्न सहयोग नगरे एटालान्टिक सन्धी संगठन (नाटो)ले भविष्यमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । 

‘एयर फोर्स वन’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकालाई होर्मुज जलडमरूमध्यको आवश्यकता नभए पनि अन्य धेरै देशहरूलाई भएकाले धेरै वर्षदेखि यसको सुरक्षामा सक्रिय रहेको बताए। 

'अब युद्ध समाप्त भइसकेको छ र इरानको सैन्य क्षमता कमजोर भइसकेको छ। यस्तो अवस्थामा अन्य देशहरू पनि सुरक्षामा सहभागी हुनु राम्रो कुरा हो।‘ जब हामीले धेरै हदसम्म अवस्था नियन्त्रणमा ल्याइसकेका छौँ, त्यसपछि हामी आफ्ना विमानवाहक पोत पठाउन चाहन्छौँ। त्यसैले हामीलाई समर्थन मिलोस् वा नमिलोस्, हामी यसलाई याद राख्नेछौँ,' उनले भनेका छन् ।

अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।

पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।

साउदीमा रहेको आकाशमै इन्धन भर्न मिल्ने अत्याधुनिक र विश्वकै महंगो मध्येका पाँच वटा जहाजहरु ध्वस्त पारिसकेको छ ।

एकातिर अमेरिकाले आफ्ना सैनिकहरुलाई जोगाउन मुश्किल पर्ने अवस्था आउनु र अर्कोतिर खर्बौ रुपैयाँका प्रतिरक्षा प्रणालीहरु ध्वस्त हुनुले अमेरिकाको लागि मध्यपूर्वको युद्ध चक्रब्यूहमा परिणत भएको छ । युद्धमा हार्ने डरसँगै अमेरिकाले रसियासँगको सम्बन्ध सुधार गर्न खोजिरहेको छ । गत वर्ष भन्सार शुल्कको बढाएर हैरान पारेका ट्रम्प अहिले रसियामाथिको नाकाबन्दी खुकुलो पारेर फकाउन खोजिरहेका छन् ।

अर्कोतर्फ आफ्ना सहयोगी राष्ट्रहरुलाई युद्धमा सहयोग नगरेको भन्दै आक्रोश पोखिरहेका छन् ।

अमेरिकी राष्ट्रपतिले केही दिनअघि चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतसँग उक्त क्षेत्रको सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका थिए।

तर, अमेरिकाको धम्कीका वावजुद जापान,अष्ट्रेलियाले, बेलायत र क्यानाडा इरान युद्धमा अमेरिकालाई साथ नदिने स्पष्ट जनाएको छ ।

नाटोमा अमेरिका सहित ३२ राष्ट्रहरु सहभागी छन् । जसमध्ये स्पेनले पनि अमेरिकी सेनालाई इरानमा आक्रमण गर्न आफ्नो एयर स्पेश नदिने स्पष्ट पारिसकेको छ । 

जापानले पनि स्ट्रेट अफ हर्मुजमा अमेरिकालाई सहयोग गर्न कानुन नदिने भन्दै पन्छिसकेको छ । फ्रान्स र दक्षिण कोरिया लगायतका अन्य राष्ट्रहरुले पनि खासै युद्धमा देखाएका छैनन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077