Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन् — राजनीति निरन्तरको अभियान हो

प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन् — राजनीति निरन्तरको अभियान हो

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सघाएकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै चुनावी नतिजाबाट विचलित नहुन सान्त्वना दिएकी छन्।

धन्यवाद ज्ञापन गर्न एमालेका शीर्ष नेताहरूलाई बालुवाटार आमन्त्रण गर्दै प्रधानमन्त्री कार्कीले राजनीति निरन्तरको अभियान भएको स्मरण गराइन्।

छलफलका लागि एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

भेटमा चुनावी हारजितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै प्रधानमन्त्रीले भारतीय राजनीतिज्ञहरूको उदाहरण पेस गरिन्।

‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन,’ एमाले नेताहरूलाई ढाडस दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौं। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’

कठिन राजनीतिक अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले एमालेले देखाएको राष्ट्रप्रतिको जिम्मेवारी र सहयोगी भूमिकाको प्रशंसा गरिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077