Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मिसाइल आक्रमणपछि कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

मिसाइल आक्रमणपछि कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

बिहिवार , चैत्र ५, २०८२

एजेन्सी । कतार र इरान बीचको तनाव थप चुलिएको छ । कतारले आफ्नो प्रमुख औद्योगिक क्षेत्र रास लाफानमा भएको मिसाइल आक्रमणपछि इरानी राजदूतलाई देशनिकाला गरेको छ ।

कतारका अनुसार, रास लाफान औद्योगिक क्षेत्रमा गरिएको आक्रमणले तेल तथा ग्यास पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। उक्त क्षेत्र कतारको ऊर्जा उत्पादनको मुख्य केन्द्र मानिन्छ।

कतारको सरकारी ऊर्जा कम्पनीले आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिन आपतकालीन टोली तुरुन्त परिचालन गरिएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षति नभएको तर संरचनात्मक क्षति ठूलो रहेको उल्लेख गरिएको छ।

यसअघि इजरायल को आक्रमणबाट इरानको साउथ पार्स क्षेत्रमा क्षति पुगेको थियो । त्यसको जवाफस्वरूप इरानले सम्भावित लक्षित क्षेत्रको सूची सार्वजनिक गर्दा रास लाफान पनि समावेश गरिएको थियो।

आक्रमणपछि कतारको परराष्ट्र मन्त्रालयले इरानका सैन्य तथा सुरक्षा सहचारीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। यससँगै दुई इरानी कूटनीतिज्ञ र उनीहरूका कर्मचारीलाई पनि निष्कासन गरिएको छ।

मन्त्रालयले बारम्बार भइरहेका ‘शत्रुतापूर्ण गतिविधि’ का कारण यस्तो कदम चाल्नुपरेको जनाएको छ। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा प्रतिकार गरिने चेतावनी पनि दिएको छ।

यो घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई थप चर्काउने संकेत दिएको छ। ऊर्जा पूर्वाधारमै आक्रमण हुनु विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा असर पार्ने चिन्ता समेत बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077